काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको केही स्थानमा तथा मुलुकका बाँकी भू–भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।




















