गोरखा । गोरखा सदरमुकाको खेलकुद मैदानमा जारी मिस्टर बि ८औं गोरखकाली रनिङ कप फुटबल प्रतियोगिताको आज तेस्रो दिन भएको पहिलो खेलमा याङकोट युवा क्लबले आरुमेल मुस्लिम युवा क्लबलाई पराजित गरेको छ ।
निर्धारीत ७० मिनेटको खेलमा १–१ गोलको बरावरी खेल खेलेको दुवै क्लबले पेनाल्टी सुट आउटमा याङकोटले आरुमेललाई ५–४ ले हराएको हो ।
खेलको पहिलो हाफको ७औं मिनेटमा याङकोटका अस्विन रानाले १ गोल गरेर क्लबको खाता खोलेको थियो । निकै प्रतिस्पर्धात्मक खेल देखिएको उक्त खेलमा आरुमेल मुस्लिमका प्रज्वल खड्काले दोस्रो हाफ पछी थपिएको ४ मिनेटको इन्जुरी टाइममा गोल गरेर बरावरी गरेको थियो ।
बरावरीको खेल संगै पेनाल्टी सुट आउटमा याङकोटका गोल किप्परले आरुमेल मुस्लिमका प्रकास रसाईलीले गरेको प्रहार रोकेपछी याङकोट बिजयी भएको थियो ।
याङकोटको तर्फबाट विवेक मगर, सुजन राना, सुरज क्षत्री, अभिशेक राना र प्रितम गुरुङले गोल प्रहार गरेका थिए । सोही खेलमा आरुमेल मुस्लिमको तर्फबाट समिर तामाङ, रविन्द्र श्रेष्ठ, विमल तामाङ र कृण्णबहादुर विकले मात्र गोल प्रहार गर्न सफल भएका थिए ।
जित संगै अब याङकोट युवा क्लबले १० गते आयोजक हरमटारी क्लब संग खेल्ने छ । आयोजकको टिम भने बाईमा परेको हो ।




















