साँकेितक तस्बिर
सुनसरी । धरान उपमहानगरपालिका–११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । दिपकले आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएका थिए । घाईते रमनश्वरीलाई अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा ज्यान गएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


