आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सख्या ३ पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप सोमबार बिहानै दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो भने अन्य १६ जना घाइते भएका थिए ।
घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा ज्यान गए संगै दुर्घटनामा ज्यान गुमाउनेको सख्ंया ३ पुगेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
दुर्घटनामा परी यस अघि ७२ वर्षका आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको ज्यान गएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















