काठमाडौं । आज केही प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि हल्का वर्षा र हिमपात भैरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । देशका बाँकी पहाडी भू–भागका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना छ ।
नेपालमा पश्चिमी वायुको प्रभावका कारण हल्कादेखि मध्यम वर्षा भएको र आउँदो बिहीवारदेखि मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उनले बताए ।
तराई मधेसका केही क्षेत्रमा बिहानपख लाग्ने गरेको हुस्सु मौसमी प्रणालीकै कारण बिस्तारै हट्नेक्रममा रहेको महाशाखाले जनाएको छ ।


