काठमाडौं । नेपाली कांग्रेसका ६ शुभेच्छुक संघ संस्थाहरुले महासमितिको बैठक बहिष्कार गरेका छन् ।
नेपाल प्रेस युनियन सहित ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले बैठक बहिष्कार गरेका हुन् ।
आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै ति संघ–संस्थाहरूले बैठक बहिष्कार गरेको बताएका छन् ।
पार्टीको विधानअनुसार केन्द्रीय अध्यक्षसहित संस्थाबाट ३ जना महासमिति सदस्य व्यवस्था भए पनि त्यसो नगरिएको भन्दै यी भुभेच्छुक संस्थाले आपत्ति समेत जनाएका छन् ।
सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा आज मंगलबार बन्दसत्र सुरु हुँदैछ ।


