काठमाडौं । दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ४ः५८ बजे हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पले कुनै पनि मानविय क्षती नभएको दोलखा प्रहरीले जानकारी दिएको छ ।




















