काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट बर्खास्त गरेको छ । पौडेललाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमति लिएको प्रमाण सरकारले फेलापारे संगै पदबाट हटाउने निर्णय गरेको हो ।
यस अघिनै भ्रष्टाचार मुद्दा लागेका पौडेल निलम्बित अवस्थामा छन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा हिरासतमा राखेर अनुसन्धानका गरिरहेको छ ।


