काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।
उपकुलपतिका लागि ४३ जनाको आवेदन परेकोमा पहिलो चरणमा सिफारिस समितिले १४ जनाको नाम छनोट गरेको थियो । छनोट भएका १४ जनाको हिजो अन्तर्वार्ता भएपछि शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।
अब विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले ३ जनामध्येबाट १ जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने छन् ।


