गोरखा । बहु विवाह गरेको आरोपमा गोरखाको बनौतीबट प्रहरीले १ जोडीलाई पक्राउ गरेको छ । प्रहरीले शहिद लखन गाउँपालिका–३ को बनौती माझगाउँ निवासी कृण्णप्रसाद लामिछाने र सुस्मिता लुईटेललाई पक्राउ गरेको हो ।
पहिलो श्रीमती विण्णु लामिछानेले दिएको उजुरीको आधारमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उजुरीमा दोस्रो श्रीमतीको रुपमा सुस्मिता लुईटेललाई कृण्णप्रसादले माघ २५ गते घर लिएर आएको उल्लेख गरेका छन् । प्रहरीमा उनीहरु बिरुद्व फागुन १ गते मंगलबार उजुरी दर्ता गराएका थिए ।
उजुरी दर्ता लगत्तै प्रहरीले उनीहरुलाई खोजी गरेको र गोरखा जिल्ला अदालतबाट निजहरुको नाममा पक्राउ पुर्जी जारी भए लगत्तै फागुन ४ गते शुक्रबार पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
पक्राउ परेका दुवै जना बिरुद्व बहुविवाह कसुर शिर्षकमा मुद्वा दर्ता गरी फागनु ६ ते आइतबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाका सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


