साँकेतिक तस्बिर
आँबुखैरेनी । तनहुँको गिरानचोरमा आज बिहान भएको जीप दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन भने अन्य १६ जना घाईते भएका छन् ।
आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको जीप दुर्घटनामा परी अन्य १६ जना घाईते भएको पनि प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी रहेको छ । जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेको छ । घाइते सबैको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


