साँकेतिक तस्बिर
गोरखा । गोरखाको मर्स्याङ्दी नदी किनारमा १ जना महिलाको शव फेला परेको छ । फेला परेकी महिला लमजुङ राईनास नगरपालिका–८ की ५५ बर्षिया लिला सुनार भएको पुष्टी भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार लिलाको मृत्त शरिर शनिबार पालुङटार नगरपालिका–७ को सतिघाटमा फेला परेको हो ।
लामो समयदेखी माईतीमा बस्दै आएकी ति महिला माघ २५ गते बिहीबारदेखी बेपत्ता भएकी माईती पक्षले जानकारी दिएको भन्दै सूचना अधिकारी श्रेष्ठले बताए ।
प्राप्त शव हिजो नै गोरखा अस्पतालको शव गृहमा राखिएको छ । उनको आज पोष्टमार्टम लगत्तै माईती पक्षलाई शव बुझाईने प्रहरीले जानकारी दिएको छ ।
लिलाको माईती पक्षले शव पहिचान गरेर आइतबार जिल्ला प्रहरी कार्यालमा जाहेरी दिएको पनि प्रहरीले जानकारी दिएको छ ।


