गोरखा । गोरखाको रनचोकमा शनिबार भएको आगलागीको घटनामा २ घर जलेर नष्ट भएको छ । बारपाक सुलिकोट गाउँपालिका–४ को रनचोकमा आगलागी हुदा स्थानिय सुकबहादु र सुकपाल गुरुङको घर जलेर नष्ट भएको हो ।
गुरुङ द्वयको एक तले घर शनिबार दिउसो २ः३० आगलागीमा परेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले जानकारी दिए । उनका अनुसार घर जलेर नष्ट भएता पनि कुनै पनि मानविय क्षती भने हुन पाएन ।
आगालागी दिउसो ३ः३० बजे नियन्त्रणमा लिएको पनि सूचना अधिकारी खड्काले बताए । स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।
क्षतीको पूर्ण विवरण भने आउन बाँकी नै रहेको छ ।


