×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६० मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘क्वार्ज क्रिष्टल’ गोरखा दरर्बार परिषदमा राख्ने निर्णय

  •  गोरखा समाचार
  • शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा दरर्बार र जिल्ला प्रहरी कार्यालयमा रहेकाे ‘क्वार्ज क्रिष्टल

    गोरखा । केही महिना अगाडी गोरखा प्रहरीले बरामद गरेको पुरातात्विक ‘क्वार्ज क्रिष्टल’ गोरखा दरर्बार परिषरमा राख्ने निर्णय भएको छ । आज जिल्ला प्रशासनमा भएको क्वार्ज क्रिष्टल ब्यवस्थापन गर्ने बिषयमा भएको सर्व पक्षिय बैठले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

    प्रजिअ दाहालका अनुसार नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको शुक्रबार बसेको बैठकले जिल्ला प्रहरी कार्यालय गोरखामा रहेको क्वार्ज क्रिष्टल जिल्ला भित्रै ब्यवस्थापन गर्न मन्त्रिस्तरको निर्णय भएकोले आजको बैठकले गोरखा दरर्बार परिषरमा ब्यवस्थापन गर्ने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय गाेरखामा शनिबार सर्व पक्षिय छलफलबाट भएकाे निर्णय

    पुरातात्विक, ऐतिहासिक तथा बहुमुल्य मानिएको क्वार्ज क्रिष्टल बिक्री गर्न लाग्दा गोरखा प्रहरीले गोरखा नगरपालिका–५ को सतिपिपलको एक घरबाट नियन्त्रणमा लिएको थियो ।

    उक्त क्रिष्टलाई जिल्ला भित्रै ब्यवस्थापन गनुपर्ने जिल्ला बासीको माग भई रहेको बेला मन्त्रालयले पत्रचार गरी जिल्ला भित्रै ब्यवस्थापन गनु भनेको कारण बैठक राखी उक्त निर्णय गरिएको पनि प्रजिअ दाहालले बताए । ‘यो सम्पत्ती गोरर्खालीकोले विवाद रहित तरिकाले तत्कालका लागि गोरखा दरर्बार परिषरमा राख्ने निर्णय भएको छ’ उनले भने ‘त्यसको सुरक्षाको जिम्मेवारी भने सुरक्षा समितिले निर्धारण गर्ने छ ।’

    क्रिष्टलको बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा नै चर्चा चलेको भन्दै प्रजिअ दाहालले सुरक्षामा बिशेष ध्यान दिनुपर्ने बताए । ‘क्रिष्टलको सुरक्षाको बिषयमा हामी गम्भिर छौ । सुरक्षाका सबै बिधी अपनाएर भएपनि तत्कालै दरर्बार परिषरमा राख्छौ’ उनले भने ‘क्रिष्टल स्थापना संगै गोरखाको धार्मिक पर्यटनमा समेत यसले टेवा पुग्ने छ ।’

    उघाेग मन्त्रालयमा शुक्रबार भएकाे निर्णय

    क्रिष्टल ब्यवस्थापनकालागि लाग्ने खर्च भने गोरखा नगरपालिकाले खर्चिने भएको छ । क्रिष्टल गोरखा दरर्बार गोरखाकाली मन्दिर बिचको खाली भागमा सबैले हेर्न मिल्ने गरी राखिने भएको छ ।

    सर्व पक्षिय बैठटकमा सहभागी हुन आएका नेपाली काँग्रेसका प्रदेश साँसद नन्दप्रसाद न्यौपानेले गोरखा धार्मिक हिसाबले महत्वपूर्ण भएकाले पनि क्रिष्टललाई धार्मिक मान्यता अनुसार गोरखा दरर्बार परिषरमा राख्दा राम्रो हुने सुझाब दिएका थिए । उनले दरर्बार परिषरमा प्रतिस्थापन गर्दा सबैको पहुचमा हुने र धार्मिक हिसाबले पनि सबैको आत्मासम्मान हुने धारणा ब्यत्त गरे ।

    छलफलमा सहभागीहरु

    बैठकमा सहभागी गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरले पनि धार्मिक पर्यटनका हिसाबले पनि क्रिष्टललाई गोरखा दरर्बार परिषरमा नै राख्न उपयुत्त हुने सुझाव दिएका थिए ।

    बैठकमा नेकपा माओवादी केन्द्रका अकुर तिमिल्सेना ‘आयाम’, नेकपा एमालेका जिल्ला सचिव काजीराम रोक्का, राप्रपा नेपालका केन्द्रिय सदस्य कुलबहादुर बस्नेत, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ, गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठ, जेष्ठ नागरिक संघको जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठ, रबिन्द्र थापा, बालकृण्ण लामिछाने तथा सञ्चारकर्मी कैलासबावु श्रेष्ठ र भिमलाल श्रेष्ठले छलफलमा सहभागी हुदै चाढो र उचित ब्यवस्थापन गर्न आग्रह गरेका थिए ।

    छलफलमा सहभागीहरु

    विश्वकै ठुलाे मानिएकाे उक्त क्रिष्टल ५३ केजी ताैलकाे छ । यस अधि ३२ केजीकाे क्रिष्टल फेला परेकाे भू-गर्भ बिभागकाे रेकर्डमा उल्लेख गरिएकाे छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.