×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६० मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

घर घरमा नै पुगेर वडाध्यक्ष श्रेष्ठ दिए बृद्धभत्ता

  •  गोरखा समाचार
  • शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । भीमसेन थापा गाउँपालिका–१ को वडा अध्यक्ष बिकास श्रेष्ठले जेष्ठ नागरिकहरुलाई घर घरमा नै पुगेर बृद्वभत्ता बितरण गर्न सुरु गरेका छन् । भत्ता लिन वडासम्म आउन नसक्ने तथा असहाय एवं जेष्ठ नागरिकहरुको सेवा सुविधाका लागि उनीहरुको घर घरमा नै पुगेर भत्ता बितरण गर्न थालिएको हो ।

    गएको बिहीबार मात्रै पनि वडाध्यक्ष सहितको एक टोलीले माँझथोकका ९४ बिर्षय टेकबहादुर श्रेष्ठ वडाध्यक्ष सहितको टोलीले घरमा पुगेर हातमा नै पैसा राखिदिए । श्रेष्ठले बिगत २४ बर्षदेखी सामाजिक सुरक्षा भत्ता लिएको भएता पनि यो पटक भने आफ्नै घरमा आफैले चुनेका अध्यक्षको हात बाट भत्ता लिन पाएका थिए ।

    वडाध्यक्ष श्रेष्ठको हातबाट पैसा बुझदै उनले ‘हाम्रो सेवा गरीरहनु भएको छ तपाईको भलो होस्’ भन्न पनि भ्याए । टोलीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अन्तरर्गत प्राप्त गर्ने १२ हजार रुपैयाँ हात परेको खुशी हुदै फनफनी नाँच्ने ।

    त्यस्तै खुशी बिहिवार घर बाहिर प्लास्टिकको टाट ओछ्याएर भुइमा पल्टिरहेकी मसेल खगिथोककी १०३ बर्षकी मममाया धिताल पनि भईन । नजिकै पुगेर वडाध्यक्ष श्रेष्ठले आमा कस्तो छ तपाईलाई ? हामी भत्ता लिएर आएका छौ भनेर बोलाए । उठ्न बस्न समेत निक्कै सकस पर्ने बृद्धा धितालले आर्शिवाद दिदै कागजपत्रमा ल्याप्चे लगाइन ।

    वडाध्यक्ष श्रेष्ठले उनीलाई पनि ३ महिनाको भत्ता वापतको १२ हजार रुपैयाँ हातमा थमाइदिए । हातमा पैसा लिदै बृद्धा धितालले भनिन, ‘‘तपाईले जितेर आएपछि हामीलाई धेरै सजिलो भएको छ । सवैले तपाईले जस्तै जनताको सेवा गर्दिए कस्तो हुन्थ्यो होला ।’’

    २०७९ सालमा बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला गरेको प्रतिवद्धता अनुसार वडा भित्रका रहेका अशक्त, अपांगता भएका र हिडडुल गर्न नसक्नेहरुका लागि घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको वडाध्यक्ष श्रेष्ठ बताए ।

    भत्ता बुझ्नकाेलागी बैंकमा लामो समयसम्म लाइनमा बस्नु पर्ने बाध्यता र हैरानी अब सकिएकाे पनि वडाध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बैंकको सवै कागजात सहित घरमै भत्ता बुझ्न पाएपछि खुशी नहुने कुरै भए नि ?

    वडामा ४५ जना भन्दाबढी लाभग्राहीको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उनको योजना छ । हिडडुल गर्नसक्ने बाँकी रहेका लाभग्राहीहरुलाई भने टोलटोलमा घुम्ती सेवा मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको पनि उनले जानकारी दिए ।

    घर घरमा सामजिक सुरक्षा भत्ता लिएर पुग्दा जेष्ठनागरिकहरु खुशी हुने गरेको उनले अनुभव सुनाए । वडाध्यक्ष श्रेष्ठले त्यस बाहेक पनि जेष्ठ नागरिकहरुको नियमित रुपमा घर घरमा पुगेर स्वास्थ्य जाँच समेत गर्दै आएको बताए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.