एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको एक रासायनिक गोदाममा आगलागी हुदा कम्तीमा पनी ७ जनाले ज्यान गुमाएका छन् । नयाँ दिल्लीको अलिपुरमा रहेको रासायनिक गोदाममा आगलागी हुँदा भएको बिबिसी हिन्दीले जनाएको छ ।
हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएको पनी बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ । बिहीबार नै २२ वटा दमकलको सहयोगमा झण्डै ३ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको पनि खबरमा लेखिएको छ ।
आगो नियन्त्रणमा आइपछि ७ जनाको शव निकालिएको थियो । गोदामभित्र कति मानिस थिए भन्ने अझै यकिन हुन सकेको छैन । गोदाम भित्र फसेका बाँकी व्यक्तिहरुको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।
आगो लागेपछि नजिकै रहेका घर र पसलका मानिसहरुले भने भागेर ज्यान जोगाएको प्रहरीको भनाइ छ ।आगलागीको कारण भने खुल्न सकेको छैन ।


