बझाङ । बझाङमा आज बिहान ४.४ रेक्ट स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ः३२ मिनेट जाँदा थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पले कही कतै पनि क्षती नपुरर्याएको बझाङ प्रहरीले जानकारी दिएको छ ।
गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा १५३ जनाले ज्यान गुमाएका थिए ।


