×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३७ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सरकारी जग्गामा होसन्ना मण्डलीको मनपरी, बिना स्विकृती पक्की भवन बनाउदै

  •  गोरखा समाचार
  • शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा सदरमुकाममा रहेको सरकारी जमिनमा होसन्ना मण्डलीको मनपरी हुदा पनि सरोकार वाला चुपलागेर बसेको छ । गोरखा नगरपालिका–८ को रेडक्रस भवन पछाडीको सरकारी जमिनमा पक्की भवन निर्माण गर्दा पनि नगरपालिका भने बेखबर भएर बसेको हो ।

    स्विकृती बिना मण्डलीले बिगत ०७२ सालदेखी अस्थायी संरचना बनाएर बस्दै आएकोमो केही महिनादेखी पक्की भवन निर्माण गर्दा पनि वडा कार्यालयदेखी स्वंय नगरपालिका समेत बेखर भएर बसेको छ ।

    बिना स्विकृती ४ काेठे पक्की भवन निर्माण

    मण्डलीले हालै मात्र चारकोठा भएको पक्की भवनको अन्तिम चरणमा रहेको छ । ढलानको तयारीका लागी फर्मा राखेर रड बाध्ने काम सम्पन्न गरी सकेको छ । मण्डलीले सो क्षेत्रमा ६ आनाभन्दा बढी जमिन बिना स्विकृती मनोमानी ढंगले कब्जा गर्दै आएको छ । अहिले बनाएको संरचनाले खोलाको भागलाई समेत च्यापेर भवन निर्माण भईरहेको देखिन्छ ।

    स्थानियको गुनासो पछी काम रोक्न भनेका छौ : वडा अध्यक्ष खत्री

    गोरखा नगरपालिका–६ कालिमाटी टोलका स्थानियको ब्यापक गुनासो पछी बिहीबार वडा अध्यक्ष ऋषीराम खत्री स्वयम भवन निर्माण स्थलमा पुगेका थिए । उनले मण्डलीका पाष्टर ज्ञानबहादुर रानामगरलाई भोगाधिकारको कागज वा संरचना बनाउन दिएको स्विकृती पत्र मागेका थिए । आवश्यक कागज पत्र दिन नसकेपछी तत्कालै काम रोक्न उनले आदेश दिएका थिए ।

    ‘स्थानियको गुनासो पछी म आफै भवन निर्माण स्थल पुगेको थिए’ उनले भने ‘स्थानियलाई साक्षी राखेर काम रोक्न भनेको छु ।’ यती गर्दा पनि जबरजस्ती गरेको खण्डमा आफुले सञ्चालकहरु बिरुद्व कानूनी कारवाहीका जान बाध्य हुने वडा अध्यक्ष खत्रीले बताए ।

    उनका अनुसार भोगाधिकार नभएको र भवन बनाउने स्विकृती समेत नभएका कारण अवैध संरचना भत्काउनु बाहेक अन्य बिकल्प नभएको समेत बताए । वडा अध्यक्ष खत्रीका अनुसार खोलाको आसपास ५ मिटर छाडेर मात्र संरचना बनानउ पाउने कानूनी प्रावधानलाई चुनौती दिएको होसन्ना मण्डलीका बिरुद्व तत्कालै नगरपालिकालाई लेखि पठाउने समेत जानकारी दिए ।

    वडा अध्यक्ष मार्फत काम रोक्न भनेका छौ : नगर प्रमुख राना

    गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरले बनिरहेको संरचना तत्कालै रोक्नका लागि वडा अध्यक्ष खत्री मार्फत भनिएको जानकारी दिए । सरकारी जग्गामा जो कोहीले पनि भोगाधिकार बिना संरचना बनाउनु गैर कानूनी भएको भन्दै प्रमुख रानाले तत्कालै अनुगमन गरेर त्यसको निर्णय लिने पनि बताए ।

    मण्डली र पाष्टर राना मगरको बदमासी

    मण्डलीका पाष्टरको घर गोरखा नगरपालिका–६ को कालिमाटी बजार क्षेत्रमा पर्दछ । ०७२ सालको बिनाशकारी ‘गोरखा भुकम्प’ आउनुभन्दा अगाडीसम्म उनले उक्त चर्च आफ्नै घरबाट सञ्चालन गर्दै आएका थिए । भूकम्प लगत्तै घरभित्र चर्च सञ्चालन गर्न समस्या भएकोभन्दै प्रभावति क्षेत्र कालीमाटी टोल बिकास संस्था संग उक्त जग्गाको भोगाधिकार माग्दै निवेदन दिएका थिए ।

    हाेसन्ना मण्डलीकाे पुरानाे भवन

    तात्कालिन अध्यक्ष शिशुबावु प्रधान (शिशिर)ले टोल बिकासको बैठकमा उक्त कुरा राखे लगत्तै लिखित दिन नमिल्ने तर केही समयको लागि मात्र अस्थायी संरचना बनाएर बस्न दिने भन्ने छलफल भएको भएता पनि आफुले भने नमानेको बताए । टोल बिकासको स्विकृती समेत नभएको उक्त स्थानमा पाष्टर राना मगरकै अगुवाईमा जबरजस्ती अस्थायी संरचना बनाउने काम भएको प्रधानले जानकारी दिए ।

    हाेसन्ना मण्डलीकाे पुरानाे भवन

    अस्थायी संरचनाको बहानामा केही समयदेखी पाष्टर राना मगरले संगै रहेको जमिनमा गोरखा नगरपालिकाबाट ९० हजार अनुदान लिएर खोलाको सिमा मिचेर पर्खाल लगाउने काम गरे । सोही पर्खाल लगाएको क्षेत्रमा अहिले उनले पक्की भवन निर्माण गरेका हुन् । भवन निर्माणको लागि भने वडा र नगरापालिका दुवै सहमती भने दिएको छैन ।

    बिना सहमती पक्क भवन निर्माण गरेर ढलान गर्ने तयारी भएकै बेला २ साता अगाडी मात्रै स्थानिय र गोरखा नगरपालिका–६ राजेन्द्रकुमार जोशी (दिलिप) तथा ८ का वडा अध्यक्ष ऋषीराम खत्री एवं मण्डकीका पाष्टर राना मगर सहित ६ नम्बर वडा कार्यालयमा छलफल हुदा काम रोक्ने सहमती अनुसार काम रोकेका थिए । पाष्टर राना मगरको एकल निर्णयले पुनः भवनको छत ढलान गर्ने तयारी गरे लगत्तै प्रभावित स्थानियले बिरोध गरेको हो ।

    खोलाको सिमा मिचेर संरचना तयार

    होसन्ना मण्डलीले अहिले बनाएको स्थायी संरचना खोला मिचेर बनाउदै आएको छ । खोला नियन्त्रणको नाममा सरकारी पैसा लिएर खोला मिचेर पर्खाल लगाएको र सोही पर्खालमा पिल्लर हालेर भवन निर्माण गर्न लागेका हो ।

    नयाँ संरचना

    सामान्य पनि खोला वरपरको संरचना तयार पार्दा ५ मिटर छाडेर मात्र बनाउन पाउछ । तर उनले तयार गरेको अहिलेको संरचनाको छतले भने खोलाको पुरै भाग छोपिन्छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.