काठमाडौं । आजदेखी लागुहुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा २ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्य ठाउँअनुसार फरक पर्नेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ३ वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ ५० पैसा तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा भएको छ ।
त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५९ रूपैयाँ पुगेको छ ।
यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७२ रूपैयाँ तथा डिजल र मट्टीतेलको लिटरको १६० रूपैयाँ पुुगेको छ ।




















