गोरखाा । जनयुद्ध दिवसको अवसरमा आज गोरखा सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन भएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) गोरखा र अखिल क्रान्तिकारी गोरखाको संयुत्त आयोजनामा सदरमुकाम स्थित हरमटारीचोकमा आयोजित कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिए ।
‘‘विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म गरिएको कार्यक्रममा ११ जना महिला र ५२ जना पुरुषले रक्तदान गरेको उनले जानकारी दिए । ‘संकलित रगत मध्ये केही रक्त सञ्चार केन्द्र गोरखामा बाँकी चितवन पठाइएको छ ।
०५२ साल फागुन १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले जनयुद्ध सुरु गरको दिनको अवसर पारेर नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएल र अखिल क्रान्तिकारीले कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा सहभागीहरुलाई आयोजकको तर्फबाट प्रमाण पत्रको सट्टामा चिया पिउने कर (मायाँको चिनो) प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
त्यस्तै दुवै संस्थाले आजै साँझ गोरखा सदरमुकामा दिपावली समेत गर्ने कार्यक्रम रहेको छ । दिप प्रज्वलन हरमटारी चोकमा हुने छ ।




