×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३७ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पालिकामा मनलाग्दी बिदा, विज्ञ भन्छन : अराजकता बढ्यो, कानुन नै नभएको सरकारी दुखेसो

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अनलाइनखबर

    तीनै तहका सरकारमा सार्वजनिक बिदा दिने विषयमा बेथिति बढ्दै गएको छ । बेला बेला सङ्घीय सरकारले नै नचाहिने विषय र निहुँमा बिदा दिएको भन्दै आलोचना हुने गरेको छ । तर पालिकामा त सार्वजनिक बिदामा ठूलै मनोमानी भइरहेको छ । स्थानीय पर्व, उत्सव र सांस्कृतिक तथा ऐतिहासिक विषयमा दिइनुपर्ने बिदाहरु अहिले भने साह्रै सस्तो र आलोचित हुन थालेका छन् ।

    नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पालिकाले सार्वजनिक बिदा दिन पाउने व्यवस्था छैन । तर बिदा दिन नपाइने भनेको पनि छैन । त्यसैले त पालिकाहरुलाई हाइसञ्चो छ, चाहिने/नचाहिने विषयमा बिदा दिने अनि सरकारी कामकाज ठप्प । पालिकाहरुको बिदामा मनपरीबारे केही उदाहरण हेरौँ है त ।

    आजकै कुरा गरौँ, सर्वोच्च अदालतले जनयुद्ध दिवसको दिन बिदा नदिन आदेश दिएको छ, तर आज कैयौँ पालिकाले बिदा दिएका छन् । माओवादीका अध्यक्ष रहेका र जनप्रतिनिधिको बाहुल्यता रहेका केही पालिकामा बिदा छ ।

    गएको माघको ८ गते भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन भयो, नेपालका १० वटा भन्दा धेरै वटा पालिकाले पनि बिदा दिए । उत्सव भारतमा, बिदा नेपालमा । स्थानीय चाडबाड र जातजातिका पर्वमा पालिकाले एक दिन बिदा दिनु सामान्य नै हो तर क्रिसमस उत्सव भन्दै मकवानपुरको राक्सिराङ गाउँपालिकाले त तीन दिन बिदा दिएको थियो । चाडबाडका नाममा दिइने बिदाको सङ्ख्या निकै बढेका छन् । गएको साउनदेखि पुससम्म सुदूरपश्चिम प्रदेशका केही पालिकामा २९ वटासम्म पर्व बिदा दिइयो ।

    ल, चाडबाडमा बिदा दिनुलाई सामान्य नै मानिएला, तर जेलमा रहेका मेयर छुट्दा समेत पालिकाले उत्सव मनाउँदै बिदा दिएको उदाहरण छ । रौतहटको कटहरीया नगरपालिकाका मेयर शियाराम कुशवाहलाई विश्व हिन्दु महासङ्घका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वोच्च अदालतले सफाइ दिएपछि मेयर हेलिकप्टरमा उडेर गाउँ पुगे, मेयर निर्दोष साबित भएको खुसियालीमा २०७५ सालको पुस १५ गते आइतवार पालिकाभर कामकाज ठप्प पारेर बिदा भयो ।

    गणतान्त्रिक देशमा राजाको छाेराको विवाह भन्दै बिदा दिने पालिका पनि छ । गएको असार १८ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव भन्दै बिदा दियो ।

    विवाह मात्रै होइन, पालिकाका जनप्रतिनिधिको आफन्तको मृत्युमा शोक बिदा दिएका उदाहरण त थुप्रै छन् ।

    गएको मङ्सिरको १० गते बाँकेको नरैनापुर गाउँपालिकामा शोक बिदा भयो, कारण थियो, पालिका अध्यक्ष ईश्तियाक अहमत शाहका दाजुको मृत्यु । यस्तै, पत्रकार डायलसन अधिकारीको मृत्युमा २०७६ सालको भदौ १ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।

    २०७९ सालको असार ५ गते रुपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहका देवरको दुर्घटनामा मृत्यु भयो, पालिकाभर बिदा भयो । यस्तै, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा २०७८ सालको साउन २२ गते बिदा दिएको थियो । यस्तै, गएको भदौ १८ गते बारपाक सुलीकोट गाउँपालिका–४ को सौरपानी सामुदायिक स्मृति विद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधन हुँदा पालिकाभरका ३९ वटा विद्यालयमा बिदा दिइयो । मृत्युमा बिदा दिएका उदाहरण अरु पनि छ्याप्छ्याप्ती भेटिन्छन् ।

    बिदाको दौडमा अर्को उदाहरण हो तेह्रथुमको आठराई गाउँपालिकाको । २०७८ सालको फागुन ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउन जन्मथलो आठराई जानुभयो । पालिकाले जन्मोत्सव र प्रधानमन्त्रीको स्वागत भन्दै बिदा दियो । यस्तै, २०७८ सालको कात्तिक ३० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वडाका स्वास्थ्य केन्द्र उद्घाटनमा जाँदा महोत्तरीको रामगोपालपुर गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो ।

    गएको पुस १९ गते प्रधानमन्त्री प्रचण्ड गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनमा जाँदा पनि रामेछापको सुनापति गाउँपालिकाले बिदाको घोषणा गरेको थियो, तर चौतर्फी विरोध पछि निर्णय फिर्ता भयो ।

    नगरसभाका कारण कर्मचारी थाकेको भन्दै बिदा दिने पालिका पनि छन् । बिदाका यस्ता निर्णय त कति छन् कति ।

    माथिका त केही उदाहरण मात्रै हुन् । सङ्घीय सरकारले केही नगर्ने अवस्थामा पालिकाले मनलाग्दी दिने बिदा रोक्नको लागि न त कानुन छ, न त निर्देशन नै दिन मिल्छ । किनकि पालिका आफैँमा एउटा सरकार नै हो । अहिलेसम्मका कानुन हेर्दा सङ्घीय सरकारले केही गर्न सक्ने अवस्था छैन भन्नुहुन्छ, सहसचिव तथा प्रवक्ता, नारायणप्रसाद भट्टराई ।

    ‘तीनै तहका सरकार आफैँमा कार्यकारी अधिकार भएका सरकार हुन्, त्यसैले बिदा दिने विषयमा नेपाल सरकारले छुट्टै कानुन बनाएको वा निर्णय गरेको छैन, उहाँहरुले आफ्नो हिसाबले गरिरहनुभएको छ, तर पालिकाले गरेका बिदामा सङ्घीय सरकारका कार्यालय बन्द हुँदैनन्,’ भट्टराईले भन्नुभयो ।

    अनौठा अनौठा विषयमा बिदा दिएको विषयमा सङ्घीय सरकार भन्दा पनि स्थानीय नागरिकले नै मुल्याङ्कन गर्ने विषय भएको उहाँको भनाइ छ ।

    ‘कानुन बनाएर बिदा व्यवस्थित गर्ने अवस्था आउन सक्छ तर अहिलेसम्म त हामीले केही पनि गर्न सक्ने अवस्था छैन,’ गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई ।

    विज्ञ भन्छन् : बिदाका नाममा अराजकता बढ्यो

    पालिका सरकारले अनौठा शीर्षकमा दिने बिदा घट्ने होइन, अझै बढ्ने सम्भावना देखिन्छ । अहिले बिदाको नाममा अराजकता बढेको र अब सङ्घीय सरकारले नीति बनाएर बिदाको नियमन गर्नुपर्ने बताउनुहुन्छ, स्थानीय शासनका विज्ञ कृष्णप्रसाद सापकोटा ।

    उज्यालो अनलाइनसँग कुराकानी गर्दै सापकोटाले भन्नुभयो, ‘जसले जति पनि बिदा दिन पाउने यो विकृति हो, बिदाको बारेमा एउटा राष्ट्रिय नीति बन्नुपर्छ, त्यही नीतिभित्र कसले कति दिनसम्म बिदा दिन पाउने र ती दिनभित्र कस्ता कस्ता सन्दर्भमा बिदा दिन पाउने भनेर उल्लेख गर्नुपर्छ । अहिले त बिदाको नाममा अराजकता बढेको छ ।’

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.