साँकेतिक तस्बिर
काठमाडौं । फरक फरक खालको कम्पनीहरुले फरक फरक खालको ब्यापारीक योजना बजारमा ल्याउनु स्वभाविकनै हो तर आफ्नो कमपनीमा कार्यरत कर्मचारीहरुलाई बच्चा जन्माउनका लागि करिब १ करोड रुपैयाँ पुरस्कार दिने घोषणाले अहिले विश्व माझ चर्चाको बिषय बनेको छ ।
विश्वमाझ चर्चाको शिखरमा रहेको त्यो कम्पनी दक्षिण कोरियाली निर्माण कम्पनी बूयोंग ग्रुप हो । कम्पनीले एक प्रेस विज्ञप्तिमा आफ्नो कुनै कर्मचारीले सन्तान प्राप्ति गरेमा उसलाई पुरस्कार स्वरुप १० करोड कोरियन वन अर्थात् नेपाली करिब १ करोड रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
कम्पनीले सन् २०२१ देखि यता बच्चा जन्माएका आफ्ना सबै कर्मचारीहरुलाई पनि पुरस्कृत गर्ने जनाएको छ । त्यसयता कम्पनीका कर्मचारीहरुले ७० वटा बच्चा जन्माएका छन् । त्यसबापत कम्पनीले कूल ७ अर्ब कोरियन वन पुरस्कारमा खर्चिर्ने छ ।
यो पुरस्कार महिला र पुरुष दुवै कर्मचारीलाई प्राप्त हुनेछ ।
देशमा जन्मदर तीव्र गतिमा घटिरहेको कुरालाई मध्यनजर गर्दै दक्षिण कोरियाली कम्पनीले आफ्ना कर्मचारीका लागि बच्चा जन्माउन प्रोत्साहन गर्ने यस्तो कार्यक्रम अघि सारेको हो ।
साथै कम्पनीले ३ वटा बच्चा हुने कर्मचारीलाई छुट्टै थप सुविधा दिनेछ । त्यस्ता कर्मचारीले कम्पनीले भाडा तिरिदिने घर वा २ करोड रुपैयाँ नगद मध्ये एउटा रोज्न पाउनेछन् ।
सन् १९८३ मा स्थापना भएको यो कम्पनीले हालसम्म करिब २ लाख ७० हजार घर निर्माण गरिसकेको छ ।
हाल दक्षिण कोरियाको जन्मदर ०.७८ मात्रै छ, जुन विश्वकै सबैभन्दा कम प्रजननदर हो । दक्षिण कोरियाको तथ्यांक विभागका अनुसार यो दर सन् २०२५ मा यो दर ०.६५ मा झर्ने अनुमान गरिएको छ ।



