गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बैठकको निर्णयपछि एक सूचना जारी गरी गाउँपालिकाले सार्वजनिक विदाको घोषणा गरेको छ । विदाका दिन गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द रहने जारी सूचनामा उल्लेख छ ।
जनयुद्ध दिवसको दिन साँझ दिप प्रज्जलन गरी कार्यक्रम मनाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । यस अघि अजिरकाेट, भिमसेन थापा र गण्डकी गाउँपालिकाले भाेलीकाे लागि सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे ।





















