काठमाडौं । नेपाल–क्यानडाबीच त्रिकोणात्मक एक दिवसीय क्रिकेट शृङ्खलाको अन्तिम तथा तेस्रो खेल सुरु भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा ९ः१५ बजेदेखि खेल शुरु भएको हो ।
शृङ्खलाको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटले क्यानडालाई पराजित गरीसकेको छ ।
नेपाल यो अन्तिम खेल अगावै विजेता बनिसकेको छ । यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक लिग टू शृङ्खला खेल्नेछ ।
नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग कीर्तिपुरको खेल मैदानमा हुनेछ ।




















