गोरखा । प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डेले पत्रकारिता स्वच्छ, स्वस्थ्य र मर्यादित बनाउनु पर्ने बताए । प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ गोरखा शाखाको संयोजनमा आज गोरखा सदरमुकाममा भएको पत्रकार आचारसंहिता जागरण २०८० बिषयक कार्यक्रम उनले यस्तो धारणा ब्यत्त गरेका हुन् ।
सदस्य पाण्डेले नेपाली पत्रकारितामा स्वच्छचारीता बढ्दै गएकाेमा चिन्ता ब्यत्त गरे । ‘‘हाम्राे पत्रकारिता अहिले गंभिर संकटमा परेकाे छ’’, उनले भने ‘‘अब पनि सुधान नगर्ने हाे भने कुनै पनि बेला ठुलाे दुर्घटनामा हुनसक्छ ।’’
गोरखामा क्रियाशिल पत्रकारहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा पत्रकार आचार संहिता, पत्रकारको हक अधिकार, सम्पादकीय स्वतन्त्रता र जिम्मेवारी लगायतका बिषयमा छलफल भएको थियो ।
‘‘काउन्सिलको मुल काम भनेको आचारसंहिता बनाउने, कार्यान्वयन गर्ने र अनुगमन गर्नेपनि हो, उनले भने, ‘‘ पछिल्लो समय समाचारका बिषयमा लिएर उजुरी गर्नेको संख्या बढ्दो छ भने त्यसलाई कानुनको दायरामा ल्याउने काम काउन्सिलले गरिरहेको छ ।’’
प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग भनेको अभिब्यक्ति स्वतन्त्रता भएको प्रेस काउन्सिलकी बोर्ड सदस्य दुर्गा भण्डारीले बताईन । ‘‘पत्रकार आचारसंहिता एक आकर्षित कानुन हो, उनले भनिन्, “मिडियाकर्मी र सञ्चार माध्यम सधै प्रतिपक्ष भएर काम गर्नुपर्छ ।’’
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले नेपालमा पछिल्लो समयमा अनलाइन सञ्चार माध्यममा समेटिएका समाचारका बिषयलाई लिएर सवैभन्दा धेरै उजुरी पर्ने गरेको बताए । उनले यसपटक झण्डै ७५.७६ प्रतिशत उजुरी अनलाईन सञ्चार माध्यमको पर्ने गरेको जानकारी दिए ।
मिडियाकर्मीहरुले समाजमा जस्तो सूचना प्रबाह गर्छ त्यसलाई आधार बनाएर समाजले धारणा बनाउने भएकाले सकारात्मक समाचारमा पत्रकारले जोडदिनुपर्ने प्रवक्ता खनालले बताए । ‘पत्रकारहरुले सत्य र तथ्य समाचार मिडिया मार्फत प्रबाह गर्न सकेमा सच्चा र इमान्दार पत्रकार बन्न सकिन्छ, उनले भने, ‘‘आत्मालोचनात्मक चेतनालाई कायम गदै सकारात्मक बिषय बस्तुमा जोड दिनु पत्रकारिताको धर्म पनि हो ।’’
मिडियाहरुको संख्या बढ्दो र प्रेस काउन्सिलमा जनशक्ति घट्दो अवस्थामा भएकाले पनि आबश्यकता अनुसारको नियमन गर्ने समस्या बढेको प्रेस काउन्सिल नेपालका सदस्य दिपक खनालले बताए ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोरजंग थापा, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल बार एसोसियसन गोरखाका अध्यक्ष यादव शर्मा, पत्रकार महांघ गण्डकी प्रदेश समितिका सचिव कैलाशबाबु श्रेष्ठका लगायतले पनि धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लामा क्रियासिल पत्रकार, बार एशोसिएसन, मानव अधिकारकर्मी, जिल्ला हुलाक तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठ समेतको सहभागिता रहेको थियो ।





















