सप्तरी । राजविराजमा रहेको कारागार भित्रको शौचालयमा १ जना थुनुवा युवक मृत फेला परेका छन् । मृत्तक ब्यत्ती बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल भएको प्रहरीले पुष्टी गरेको हो ।
मण्डल आज (आइतबार) बिहान मृत अवस्थामा फेला परेको कारागार प्रशासनले जनाएको छ । कारागारका निमित्त प्रशासक सदानन्द दासका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो ।
गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी जिवन बिताउदै आएका थिए ।
पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासले जानकारी दिए ।


