गोरखा । गोरखा अस्पताल पहिलो पटक ३ जनाको बिरामीको पित्तथैलीको सफल शल्यक्रिया गर्रीएको छ । अस्पतालले पहिलो पटक गएको शुक्रबार दुरबिन प्रविधिबाट पित्त थैलीमा रहेको पत्थरी निकालेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
‘अस्पतालले पहिलो पटक हिजो ३ जना बिरामीको पित्तथैलीको सफल शल्यक्रिया गरिएको’ भन्दै ‘अबदेखी त्यस्ता बिरामीले धेरै पैसा खर्चेर जिल्ला बाहिरको अस्पताल धाउनु पर्ने बाध्यता हटेको’ मेडिकल सुपरीटेण्डेन्ट डा.सिदार्थ खनालले बताए ।
सर्जन डा.प्रतिमा गौतम, डा.सुमोद कोइराला तथा एनेस्थेसयोलोजिस्ट डा.शम्भु अधिकारी सहितको चिकित्सकहरुको टिमले जिल्लामा पहिलो पटक पित्त शैलीको सफल शल्यक्रिया गरेको उनले बताए ।
शल्यक्रिया गरिएका बिरामीहरुमा गोरखा नगरपालिका–१ ताप्लेका ५३ बर्षिय पुरुष, शहिदलखन गाउँपालिका–८ बुंकोटकी ५३ बर्षिय महिला र पालुङ्टार नगरपालिका–८ धुवाकोटका ४४ बर्षिय पुरुषको पेटमा प्वाल पारेर सफलतापूर्वक शल्यक्रिया गरिएको थियो ।
यस अघि अस्पतालमा आएका बिरामीलाई शल्यक्रियाका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता तथा अस्पतालले रेफर गर्नुपर्नै बाध्यता रहदै आएको थियो ।



