एजेन्सी । पाकिस्तानमा बिहीवार सम्पन्न आम चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । जारी मतगणनामा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवारले अग्रता कायम गरेका छन् ।
प्रतिबन्ध पीटीआईका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार अहिलेसम्म २४३ सिटको परिणाम घोषणा हुँदा पीटीआई समर्थित उम्मेदवारहरुले ९८ सिटमा जित हात पारेका छन् ।
उता पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) ले ६९ र बिलवाल भुट्टो तथा आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपल्स पार्टी (पीपीपीले) ले ५१ सिटमा मात्र जित्न सफल भएका छन् । अरु दलले १५ सिट जितेका निर्वाचन आयोगले जनाएको छ ।
पाकिस्तानको संसद्मा ३३६ सिट २६६ सिटमा चुनाव भएको हो भने बाँकी ७० सिट समानुपातिक प्रणालीमा विजयी हुन्छन् । पूर्वप्रधानमन्त्री खान अहिले जेलमा हुनुहुन्छ । उनलाई विभिन्न आरोपमा ३४ बर्ष जेल सजाय तोकिएको छ ।


