गोरखा । गोरखा सदरमुकामको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनी न्युनिकरण सम्वन्धी सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र गोरखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा सदरमुकामको पाटेचौरमा रहेको शक्ति माध्यामिक बिद्यालयका विद्यार्थीहरुलाई शुक्रबार प्रशिक्षण गराईएको हो ।
प्रशिक्षणमा गोरखा नगरपालिका–६ को पाटेचौरमा रहेको उक्त बिद्यालयमा अध्ययनरत कक्षा ९ देखी १२ सम्मका करिब १५० जना बिद्यार्थी तथा स्कुलका शिक्षकहरुको उपस्थिती रहेको सामुदायिक सेवा केन्द्रले जानकारी दिएको छ ।
उपस्थित सबैलाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले आगुऔषध दुर्व्यसनी न्युनिकरण सम्वन्धी सचेतना मुलक प्रशिक्षण गराएको केन्द्रका अध्यक्ष रामहरी केसीले जानकारी दिए ।





















