चितवन । चितवनको गड्यौलीमा गएराती भएको बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् भने घाईते मघ्ये २ जनाकाे अवस्था गंभिर छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।
घाइते सबै बसका यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको पनि कार्यालयले जानकारी दिएको छ ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


