×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा नगरपालिका भित्रको सबै विद्यालयका दिवा खाजाघर बन्द

  •  गोरखा समाचार
  • शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयको दिवा खाजा नगरपालिकाले बन्द गरिदिएको छ । अनुगमनका क्रममा बालबालिकालाई दिवाखाजामा ‘जंक फुड’ खुवाइएको पाइएपछि नगरपालिकाले सवै विद्यालयमा रहेका खाजाघरहरु बन्द गरिदिएको हो ।

    नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयमा रहेका खाजाघरहरुले दिवाखाजा कार्यक्रम अन्तरर्गत बालिकाहरुलाई चाउचाउ, बिस्कुट, मःम, चाउमिन, चकलेट लगायतका ‘जंक फुड’ युक्त खाजा खुवाएको भेटिएपछि खाजाघर बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए ।

    ‘‘विद्यालयहरुमा सञ्चालित दिवाखाजा कार्यक्रममा बालबालिकाहरुलाई स्थानीय स्तरमा उत्पादित स्वस्थ्यकर खानेकुरा खुवाउनुपर्ने व्यवस्था छ, उनले भने, ‘‘तर हाम्रा विद्यालयहरुमा कार्यविधि विपरीत क्यान्टिनले दिवाखाजामा ‘जंक फुड’ खुवाउने गरेको पाइएपछि सवै क्यान्टिनहरु बन्द गर्न निर्देशन दिएका छौ ।’’ नगरप्रमुख रानामगरले नगरक्षेत्रका सवै विद्यालयहरुले अबदेखि दिवाखाजामा लागि अनिवार्य रुपमा स्वस्थ्यकर खाजा बनाएर खुवाउनुपर्ने बताए ।

    नगरपालिकाका सवै सामुदायिक विद्यालयका प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुलाई बोलाएर तत्काल खाजाघर बन्द गरी विद्यालयमा खाजा व्यवस्थापन सहयोगी मार्फत स्वस्थ्यकर खानेकुरा खुवाउने निर्णय सहितको निर्देशन गरिएकोे नगरप्रमुख रानामगरले जानकारी दिए । खाजाघरहरुले दिवाखाजामा सजिलो र छिटोछरितोका लागि भन्दै मापदण्ड विपरीत बालबालिकाहरुलाई ‘जंक फुड’ खुवाउने गरेका थिए ।

    ‘‘दिवाखाजामा स्थानीयस्तरमा उत्पादिन हुने फलफुल, धान, मकै, गहुँ, अण्डा, सागसब्जी, तरकारी आलु, केरा चना आदिबाट बनेका खानेकुरा विद्यालयले बनाएर खुवाउनुपर्छ, उनले भने, ‘‘बालबालिकाहरुलाई ‘जंक फुड’ खुवाइएको पाइए कारवाही हुन्छ, हामीले त्यसै अनुसार विद्यालयहरुलाई निर्देशन समेत दिइसकेका छौ ।’’ गोरखा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रमका लागि कलसोभरीज नामक संस्थाले आर्थिक सहयोग गर्दै आइरहेको छ ।

    संस्थाले गरेको अनुगमनका क्रममा पनि बालबालिकालाई विद्यालयमा रहेको खाजाघरहरुले ‘जंक फुड’ नै खुवाउने गरेको भन्दै नगरपालिकालाई सचेत गराउदै आएको थियो । ‘‘कलसोभरीजले प्रति विद्यार्थी २० रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ, नगरप्रमुख रानामगरले भने, ‘‘विद्यालयमा जंक फुड’ को प्रयोग रोक्न संस्थाले पनि आग्रह गर्दै आएको थियो, सवै सामुदायिक विद्यालयहरुले अवदेखि अनिवार्य स्वस्थ्यकर खाजा बनाएर खुवाउनुपर्छ ।’’

    दिवाखाजा कार्यक्रमका लागि नगरपालिकाले प्रति विधार्थी ५ रुपैयाँ र विद्यालयले प्रति विद्यार्थी ५ रुपैयाँ थप गरेर विद्यार्थीहरुलाई दिवाखाजा खुवाउदै आएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ नै सार्वजनिक गरेर विद्यार्थीहरुलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.