काठमाडौं । गएराती काठमाडौंमा प्रहरीकै गाडीबाट खसेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको ज्यान गएको छ ।
रातीको सुरक्षा ड्युटी सकेर फर्कने क्रममा गाडीबाट खसेर सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत ३५ वर्षका सहायक हवल्दार एलजीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
जीपको पछाडिबाट खसेर गंभिर घाइते भएका एलजीलाई नजिकैको अस्पतालमा उपचारको लागि लगिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि शसत्र प्रहरीको अस्पतालमा उपचार गराउँदा गराउदै ज्यान गएको हो ।
चालक रामप्रसाद यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारीकाे नम्बर भने प्रहरीले खुाएकाे छैन ।


