गोरखा । सदरमुकामको गोरखा क्याम्पसमा रित्त क्याम्पस प्रमुखमा नवराज पाण्डेलाई नियुत्त गरिएको छ । पाण्डेले यस अघि क्याम्पसको कार्यबाह सम्हाल्दै आएका थिए ।
पाण्डेलाई माघ २३ गते मंगलबार त्रिभूवन विश्व विद्यालयको कार्यकारी परिषदको बैठकले प्रमुखको जिम्मेवारी दिने गरी निर्णय भएको हो । उनलाई माघ २४ गते बुधबारदेखी नै क्याम्पस प्रमुखको जिम्मेवारी दिईएको छ ।
त्रिभूवन विश्व विद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम २०५० को परिच्छेद ५२ को नियम १८५ बमोजिम पाण्डेलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको जनाएको छ ।




















