गोरखा । बैकिङ कसुर मुद्वाका फरार १ जना अभियुत्तलाई प्रहरीले गोरखा सदरमुकामबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ का रबिन राना मगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले जानकारी दिए ।
खड्काका अनुसार गोरखा जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना फैसला भएपछी उनी फरार भएका थिए । प्रहरीले उनलाई माघ २३ गते पक्राउगरी अदालत पेश गरेको थियो ।
बैकिङ्ग कसूर मुद्दामा १५ दिन कैद र ६ लाख जरिवाना तोकिएको उनलाई मंगलबार नै अदालतले फैसला कार्यान्वयका लागि कारागार चलान गरेको सूचना अधिकारी खड्काले जानकारी दिए ।


