काभ्रे । प्रहरीले काभ्रेको पनौतीबाट ठुलो परिणाममा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका–५ आइटी पार्कमा जाँचका क्रममा २८५ केजी गाँजासहित ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रकाउ पर्नेमा गाडी चालक नुवाकोटको विदुर नगरपालिका–११ घर भई अहिले काठमाडांको बालाजु बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछापका २० वर्षका सञ्जीव तामाङ र ५३ वर्षीया विमला तामाङ रहेका छन् ।
पक्राउ परेकाहरुले प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा उक्त परिणामको गाँजा लिएर आएको पुष्टी भए संगै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




















