गोरखा । गोरखामा आज गोरुले हानेर १ जना पुरुषको ज्यान गएको छ । ज्यान गुमाउने ब्यत्ती गण्डकी गाउँपालिका–४ खुदिटारका भोजबहादुर पाण्डे भएको पुष्टी भएको छ ।
बिहान गोरुले हान्दा पाण्डेको घटना स्थलमा नै ज्यान गएको थियो । प्रहरीलाई घटनाको जानकारी बिहान ११ः३० बजे मात्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
घटना स्थलमा ताङलीचोकबाट गएको प्रहरी टोली पुगिसकेको भएता पनि घटना शंकास्पद देखिएकोले अहिले सदरमुकामको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक शेखर कोइरालाको टोली पठाईएको प्रउ श्रेष्ठले जानकारी दिए ।
मृत्तक पाण्डेका साहोदर भतिजोको गोरुले हानेर उनको ज्यान गएको प्रहरी प्रारम्भिक अनुमान गरेको छ । भतिजोको गोठमा रहेको हान्ने गोरु फुत्कीएर मृत्तकलाई हानेको अनुमान गरिएको छ ।
पाण्डेको शव बारीको कान्ला छेवैमा फेला परेको थियो । घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


