मुगु । मुगुको खत्याड गाउँपालिका–२ गोडेखोलामा आगलागी हुँदा २ जनाको ज्यान गएको छ । गएराति भएको आगलागीबाट ३ वटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट १४ वर्षका विशाल संज्याल र १२ वर्षकी झरना संज्यालको ज्यान गएको मुगु प्रहरीले पुष्टी गरेको हो ।
रातको समयमा भएको आगलागीमा लालके संज्याल, दीपक संज्याल र सन्दीप संज्यालको घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय बासिन्दाले आज बिहान मात्र आगलागि नियन्त्रणमा लिएको थियो ।




















