गोरखा । गोरखा प्रहरीले अदालतको फैसला कार्यान्वयको शिससिलामा सजाय तथा जरिबाना तोकिएर फरार भएका ४ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पालुङटार नगरपालिका–८ धुवाकोटका बर्ष ३० को रमेश भन्ने किसान कुमाल, शहिदलखन गाउँपालिका–५ ताक्लुङका बर्ष ३३ को किरण बिक, गोरखा नगरपालिका–१० बस्ने बर्ष ३६ की कौशिला बिक र गोरखा नगरपालिका–७ बस्ने बर्ष ३३ को ईश्वर कोइरालालाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये कुमाल भवितव्य ज्यान कसूर मुद्दा, किरण र कौशिलालाई जालसाजी मुद्दा र ईश्वरलाई चोरी मुद्वामा अदालतले कैद तथा जरिवाना फैसला गरे पछि फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमा श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कुमालको हकमा गोरखा जिल्ला अदालतले ५ महिना ११ दिन कैद र ५०० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । कुमाललाई अदालतले कैद भुक्तानका लागि गोरखा कारागार चलन गरेको र जालसाजी मुद्दामा जनही २ हजार जरिवाना तोकिएका किरण र कौशिला र चोरी मुद्दामा ५ हजार जरिवाना तोकिएका ईश्वरको हकमा जरिवाना असुल उपर गरी छाडिको छ ।


