एजेन्सी । चिलीमा फैलिएको डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ ।
केही दिन अघिदेखि अनियन्त्रित बनेको डढेलो बस्तीमा पुग्दा २०० भन्दा धेरै घरहरु जलेर नष्ट भएका छन् भने कम्तीमा ४६ जनाको जलेर ज्यान गएको चिलीका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
डढेलो ४० हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । डढेलको कारण ठूलो क्षेत्रको वन नष्ट हुनुको साथै कैयौँ वन्यजन्तु तथा पक्षी मरेका बीबीसीको खबरमा उल्लेख गरिएको छ ।
बढ्दो तापक्रम र तीव्र गतिको हावाका कारण डढेलो नियन्त्रणमा भन्दा बाहिर गएको चिलीका अधिकारीहरुले बताएका छन् ।


