सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको उद्घाटन गरेका छन् ।
दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शैय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् ।
करिब १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक १५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ ।
समारोहमा दुधौलीका स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।


