अर्घाखाँची । अर्घाखाँचीको ढाकावाङ्गमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । अन्य २ जना घाइते भएका छन् ।
भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ्ग थापाडाँडामा लु. १ ज १६७९ नम्बरको जीप शनिबार बिहान दुर्घटनामा परेको अर्धाखाँची प्रहरीले जनाएको छ ।
दुर्घटनामा भूमिकास्थान–२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाका डेमकला बेल्वासेको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
पणेना–१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि सन्धिखर्क पठाएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तस्बिर टेकराज




















