गोरखा । अत्याधिक चिसोका कारण विरामी परेपछी उत्तरी गोरखाको छेकम्पारबाट २ जना जर्मन नागरिकको उद्वार गरिएको छ । चुमनुब्री गाउँपालिका–७ को छेकम्पारबाट जर्मनी नागरिक हेनरिक गुन्टर र हफमेनका दम्पतिलाई हेली मार्फत उद्वार गरी राजधानी लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उद्धार गरिएका विदेशी नागरिकहरु कामको शिलशिलमा उक्त क्षेत्रमा पुगेको र हिमपात पछी चिसोका कारण बिरामी परेपछी उद्वार गरिएको हो । दुवै जनालाई शुक्रबार बिहान ८ः५५बजेको समयमा कैलास एयरको हेली मार्फत राजधानी लगिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
दुबै जनाको अहिले स्वाकोन इन्टरनेशनल हस्पिटल बत्तिसपुतली उपचार भइरहेको गोरखा प्रहरी जानकारी दिएको छ । उत्तरी गोरखामा अत्याघिक चिसो र हिमपात भएपछी दुवै जनालाई स्वासप्रश्वासमा समस्या आएर अक्सिजन लेभल न्यून भएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
छेकम्पारमा निमार्ण सम्पन्न भएको स्वास्थ्य चौकीको निरीक्षण गर्न जाँदा उनिहरु बिरामी भएका हुन् ।


