×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

  •  गोरखा समाचार
  • बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रासस

    गण्डकी । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ ।

    भूकम्पका कारण क्षतिग्रस्त दरबार, मन्दिरलगायत परिसरका अन्य संरचना सबैको पुनःनिर्माण लगभग सकिएको मन्दिरका मूल पुरोहित एवं सूचना अधिकारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुुभयो । दरबार क्षेत्रस्थित गोरखानाथ मन्दिर, श्रीविद्या मन्दिर, दमाइँपाटी वरपरका पशुपति मन्दिर, गुह्येश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाइँपाटी आदि पुुनःनिर्माण भइसकेका छन् । बडादसैँमा पुरोहितलाई वरणी ‘निम्ता’ दिने पण्डितपाटी, गेटजस्ता केही काममात्रै बाँकी रहेको जानकारी दिँदै उहाँले ९९ प्रतिशत काम सम्पन्न भएको बताउनुुभयो ।

    झण्डै पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना भूकम्पका कारण क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त अवस्थामा समेत गोरखा दरबार क्षेत्र र गोरखकाली मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र पर्यटकको सङ्ख्या नघटेको बताउँदै मूल पुरोहित भट्टराईले गोरखकाली मन्दिरको दर्शन गरेमा मनोकाङ्काक्षा पूरा हुने विश्वासका कारण यसको महिमा र गरिमा चुलिएको बताउनुुभयो ।

    दैनिक पूजाआजा हुने मन्दिरमा विशेषतः बडादसैँ र चैतेदसैँमा भव्य पूजा गरिन्छ । नेपाल एकीकरणको गौरवशाली इतिहासको सुरुआत गोरखा दरबारबाटै भएका कारण पनि देशका विभिन्न स्थानबाट यसको अवलोकन गर्न पर्यटक आउने गरेका छन् । गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा यसको पर्यटकीय आकर्षण बढेको भट्टराईको भनाइ छ ।

    मन्दिर परिसरमा नै रहेका विसं १६१६ अघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन् । पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका पोशाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ ।

    चिटिक्क कालो दौरा सुरुवालमा सजिएका सुरक्षाकर्मी, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा, हातमा भरुवा बन्दुकसहित सजिएका सुरक्षाकर्मीलाई आउने पर्यटकसँग फोटो खिचाउन भ्याइनभ्याई हुन्छ । उक्त दरबारमा आफूसहित नौजना सुरक्षाकर्मी पालैपालो परम्परागत पोशाकमा खटिने गरेको सिपाही रामशरण ढकालले बताउनुुभयो ।

    “बिहानदेखि बेलुकासम्म ठूलै सङ्ख्यामा आउने पर्यटकले फोटो र हामीसँग सेल्फी खिचाएर जाने गरेका छन्”, उहाँले भन्नुुभयो, “यो पोशाक पृथ्वीनारायण शाहकालीन इतिहासको चिनारी हो ।” तत्कालीन समयको पोशाकसहितका सुरक्षाकर्मी राखेका कारण यहाँ आउने पर्यटकलाई नेपाल एकीकरणको इतिहासबारे जानकारी लिन र त्यसको केही मात्रामा भने पनि अनुभूति गर्न अझै सहज हुने विश्वास लिइएको छ ।

    यहाँस्थित गोरखनाथ मन्दिरमा भक्तजनलाई ‘ताई रोट’ ९घ्यूमा पकाइने एक प्रकारको रोटी० प्रसादस्वरुप वितरण गरिने गोरखनाथ मन्दिरमा बस्दै आउनुुभएका सन्त खिमनाथ योगीले जानकारी दिनुुभयो । भक्तजनको उपस्थितिअनुसार दैनिक १५ मुरी चामलसम्मको रोट पकाएर प्रसादस्वरुप वितरण गर्ने गरिएको उहाँले बताउनुुभयो ।

    परापूर्वकालमा शाह वंशका राजपरिवारले गुरु गोरखनाथलाई सवा लाख रोट चढाउने परम्परा रहिआएको थियो । गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करिब चार सय वर्ष पुरानो दरबार भूकम्पले क्षतिग्रस्त भएपछि जगदेखि नै पुनःनिर्माण गरिएको हो । पुरातात्विक महत्वको दरबारको इतिहास, गरिमा र महत्वलाई दृष्टिगत गरी यसको प्राचीन स्वरूप र आकर्षणलाई कायम राख्दै पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको हो ।

    मन्दिर र दरबारमा आएका पर्यटक तल बजारमा रहेको गोरखा दरबार सङ्ग्रहालय हेरेरमात्रै फर्कने गर्दछन् । सङ्ग्रहालय भवनको मुख्य प्रवेशद्वारमा सजाइएका सन् १७९२ मा निर्मित दुई तोपलाई हेर्दै भवनमा प्रवेश गर्ने पर्यटकले त्यहाँभित्र राखिएका गोरखाका शाह राजाहरूको परिचयात्मक कक्ष, जन्मकुण्डली कक्ष, हातहतियार कक्ष, पुष्पिका वाक्य कक्ष, धार्मिक तथा आर्थिक कक्ष आदिलाई एकएक गरेर नियाल्छन् ।

    तत्कालीन गोरखा राज्यको क्षेत्रमा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्व राख्ने सामग्रीको खोजी, सङ्कलन, संरक्षण र प्रदर्शन गरी ऐतिहासिकताको चिनारी गराउने उद्देश्यका साथ २०६५ जेठ १९ गते यो सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको हो ।

    सुन्दर बगैँचा, बालउद्यान तथा विश्रामस्थल भएको ६८ रोपनी क्षेत्रमा फैलिएको पार्कसहितको सङ्ग्रहालयमा गोरखाली राजाहरूको परिचयात्मक कक्ष, तैलचित्र कक्ष, जन्मकुण्डली तथा उपदेश कक्ष, हातहतियार तथा सैन्य कक्ष, ग्रन्थ कक्ष आदि रहेका छन् । त्यस्तै धार्मिक, समाजिक तथा आर्थिक कक्ष, कलात्मक भाँडावर्तन कक्ष, प्राचीन चैत्य कक्ष, बाजा कक्ष सङ्ग्रहालयमा रहेका छन् । सङ्ग्रहालयभित्र रहेका दरबारको चोक र दलान, पृथ्वी पार्क, जातजातिको झाँकी आदि यहाँका थप आकर्षण हुन् ।

    सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विदेशीका लागि रु एक सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ५०, नेपाली सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १० प्रवेशशुल्क निर्धारण गरिएको कर्मचारी हरि कोइरालाले जानकारी दिनुुभयो । पछिल्ला समयमा विभिन्न सङ्घसंस्थाले ऐतिहासिक र धार्मिक महत्वको गोरखा दरबार क्षेत्रको अवलोकनलाई आफ्नो भ्रमण तालिकामा समावेश गर्ने गरेका छन् ।

    पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडामा क्रियाशील नवीन टोल विकास संस्थाले यही माघको पहिलो हप्ता गोरखाको प्रवर्द्धनात्मक भ्रमण गरेको संस्थाका अध्यक्ष पुुष्पराज पौडेलले जानकारी दिनुुभयो । नेपालको एकीकरणसँग जोडिएको गोरखा दरबार र सँगैका धार्मिक पर्यटकीय महत्वका स्थलको पर्यटकीय प्रवर्द्धनका लागि संस्थामा आबद्ध ६९ जनाको समूहले गोरखा दरबारसँगै सङ्ग्रहालय र लिगलिगकोटसम्मको भ्रमण गरेको उहाँले बताउनुुभयो ।

    “ऐतिहासिक एवं धार्मिक महत्वका यस्ता स्थलहरूको संरक्षणसँगै प्रवर्द्धन गर्न सकेमा पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुर्याउँछ”, उहाँले भन्नुुभयो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.