गोरखा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पत्रकारिता सम्मान २०२३ बाट संगीता चेपाङ पुरस्र्कत गरिने भएको छ । माघ ११ गते बिहीबार अर्थात २५ जनवरीको बैठकले चेपाङ र दिपीन राईलाई प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कार छनौट समितिका प्रमुख सोनाम छिरिङ शेर्पाले दिएको जानकारी अनुसार सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले ५ जनाको नाम सिफारिस गरेका थिए । सम्मान र पुरस्कारको राशी जनही २५-२५ हजार रुपैयाँ रहेको छ ।
युवा पत्रकार चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपुन्मुख चेपाङ समुदायका पत्रकार हुन । गोरखा जिल्ला गण्डकी गाउँपालिका–२ ताङलीचोक आमटार स्थायी घर भएकी पत्रकार चेपाङ चितवनको कुरिनटारमा रहेको इच्छाकामना एफ एम १०२.४ मेघाहर्जमा कार्यरत छन ।
झापाका पत्रकार दिपीन राई यलम्बर टाइम्स सम्पादक र प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत छन् ।


