गोरखा । गोरखा बजारको हरमटारी क्षेत्रमा आज भएको बस दुर्घटनामा परी १ जना सामान्य घाईते भएका छन् । बस उकालोमा रोकेर यात्रु झार्ने क्रममा ब्रेक फेल भएर पछी हटदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गोरखा नगरापलिका–९ कट्टेल डाडाँका २२ बर्षका समिर कट्टेल घाईते भएका छन् । उनको अहिले गोरखा अस्पतालमा उपचार भई रहेको छ । कट्टेल आफ्ना बुवाले सञ्चालन गरेको थोक पसलमा सामान मिलाउदै गर्दा बसले ठक्कर दिएको जिपले उनलाई घाईते बनाएको हो ।
चितवनको नारायणगढदेखी गोरखाको आरुपोखरी तर्फ जादै गरेको ना ५ ख ५०२५ बस ब्याक भएर गोरखा नगरपालिका–६ को हरमटारीमा बिकाससुन्दर श्रेष्ठको घर आँगनमा रोकि राखेको ग ३ च ९४१ योद्वा जिपलाई ठक्कर दिन पुगेको थियो । उक्त दुर्घटनामा श्रेष्ठको घर र कट्टेलको जिपमा ठुलै क्षती पुगेको छ ।
क्षतीको विवरण भने आउन सकेको छैन । घरको पछिल्लो भाग समेतमा असर गरेकोले ठुलै क्षतीको अनुमान गरिएका छ । बस नारायणी यातायातको भएको खुल्न आएको छ । बसमा सवार कोही कसैलाई पनि क्षती नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
तस्बिर किरण लाेहनी


