काठमाडौं । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको आज बिहान निधन भएको छ । अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा निधन भएको हो ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा पण्डितको बुधबार बिहान ३ः०० बजे निधन भएको परिवारका सदस्यले जनाएका छन् । उनको आन्द्रामा अर्बुद भएको थियो ।
शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए ।
तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, १ छोरा र १ छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।


