पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर १ जना इन्जिनियरको ज्यान गएको छ ।
लेकसाइडमा रहेको स्थानीय चिनीमाया भण्डारीको निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ ।
निर्माणाधीन घरको पाँचौँ तलामा तातोपानीको परीक्षण गर्न गएका भण्डारी लिफ्टबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते भण्डारीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार ज्यान गएको प्रहरीले जनाएको छ ।


