×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘अगस्त्य च्याप्टर १’ टिजर र फस्टलुकले उच्च हाइप

  •  गोरखा समाचार
  • बुधबार, माघ १७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज भएदेखि थप हाइप पाएको छ ।

    टिजर सार्वजनिक भएसँगै मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ । फिल्ममा सौगात र नाजिरको एक्सनलुक्स र प्रमोद अग्रहरिको भिलेन लुक्सले पनि फिल्मको महत्व बढाइदिएको छ ।

    यो फिल्मकै लागि नाजिरले २० किलो तौल बढाउनु र सौगातले तौल घटाउनुले पनि यी दुई कलाकार आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रष्ट्याउँछ ।

    अभिनेता सौगातको चरित्रमा देखिएको विविधताले दर्शकको मन झनै जितेको छ । टिजर हेर्दा उनलाई रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको चरित्र गरी ३ वटा अवस्थामा देखाइएको छ ।

    टिजरको अन्तिममा मेशिनगन लिएर प्रस्तुत भएका नाजिर हुसेनको प्रभावशाली चरित्रले होस् या प्रमोद अग्रहरी र निश्चल बस्नेतको झलकले सबैको ध्यान तान्न सफल भएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर उत्तिकै दमदार छ ।

    टिजरमा समावेश ‘मानव सभ्यताको शुरूवात जङ्गलबाट भयो, जङ््गल जङ्गल मासेर गाउँ बन्यो, गाउँबाट शहर सबै कुरा बद्लियो यहाँ, तर बद्लिएन मान्छे भित्रको जनवार’भन्ने संवादलाई दर्शकले औधी मन पराएका छन् ।

    टिजर सार्वजनिक भएको ३ दिनमै युट्युबमा करिब ३ लाखजनाले हेरेका छन् । करिब १ हजार ३ सय जनाले ‘उत्कृष्ट’, ‘आगो’, ‘बबाल’ र ‘बहुमुखी अभिनेता सौगात मल्ल’ भन्दै प्रतिक्रिया दिएका छन् । यस हिसाबले फिल्म आम दर्शकका लागि फागुनको १८ गते प्रतीक्षित बन्न सफल भएको देखिन्छ ।

    फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरी र उनको टिमले टिजर बनाउन धेरै मिहिनेत गरेका थिए । जस अनुसार फिल्म क्षेत्रका मेकरहरुले सकारात्मक प्रतिक्रिया र दर्शकहरुको टिजर प्रतिको उत्सुकताले आफुलाई थप जिम्मेवार बनाएको उनीहरुको तर्क छ । साथै, फिल्मको सार्वजनिक हुन बाँकी रहेको ट्रेलरमा थप माया र साथ पाउनेमा टिम आशावादी देखिएको छ । फागुन ३ गते सार्वजनिक गरिने ट्रेलरले दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराउन निर्देशक चौधरी बताउँछन् ।

    विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

    डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो फिल्म फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ ।

    फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुने छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, माघ १७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.