गोरखा । सहिदहरूको सम्झनामा आज गोरखा क्याम्पसमा पिद प्रज्वलन गरिएको छ । सहिदहरुको सम्मानमा स्वतन्त्रत बिद्यार्थी युनियनले गोरखा क्याम्पसमा दीप प्रज्वलन गरेको हो ।
सहिद दिवसको अवसरमा सहिदहरूको सम्झना र सम्मानमा क्याम्पसको प्राङ्गणमा दीप प्रज्वलन गरिएको स्वबियुका सदस्य अनुप तिवारीले जानकारी दिए ।
सचिब रचन परियारको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमा एक मिनेट मौन धारण समेत गरिएको थियो । तात्कालिन राणा शासकहरुले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गंगालाल श्रेष्ठलाई निरंकुश राणा शासनविरुद्ध क्रान्ति गरेकामा झुण्डाएर मृत्युदण्ड दिइएको थियो । त्यसैको सम्मानमा नेपालमा प्रत्येक वर्ष माघ १६ मा शहिद दिवस मनाइन्छ ।
कार्यक्रमका प्रमुख अतिथि गोरखा क्याम्पसका क्याम्पस प्रमुख नबराज पाण्डेले शहिदहरुले जुन उद्देश्यले आफ्नो बलिदान दिएका थिए, ७ दशक पूरा हुँदा समेत त्यो हुन नसकेकोमा दुख व्यक्त गर्दै सबै मिलेर शहिदको सपना पूरा गर्नुपर्ने बताए ।
अध्यक्ष परियारले सहिदको सपना पुरा गर्न सबैले देश प्रति उत्तरदायी भएर काम गर्नु पर्ने बताए ।


