काठमाडौं । हृदयघातका कारण उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा आज निधन भएको छ ।
बिहान ८ः३० बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
न्यायाधीश मरासेनीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।


